सितापाइला घटना
दुई बच्चासहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा मृत भेटिए
बुधबार, ०९ फागुन २०८०, १२ : १३

काठमाडौँ । राजधानीको सितापाइला घटनामा थप एक जनाको शव फेला परेको छ । श्रीमती र एक छोरी तथा अर्की बालिकासमेत कोठामै मृत फेला परेकामा श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
उनका अनुसार सीतापाइला (नागार्जुन) जंगलमा मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिक रहेका छन् । उनी ईश्वरीको श्रीमान् भएको खुलेको छ ।
उनले श्रीमती ईश्वरी श्रेष्ठ दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेको छ ।
यसअघिको समाचारमा दुई छोरी भनिएकामा शीर्षकसहित सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना