आईसीसी विश्वकप लिग-२ क्रिकेट
नामिबियाविरुद्ध २० ओभरमा नेपालको चार विकेट गुमाएर १०० रन
बुधबार, ०९ फागुन २०८०, १० : ५३

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर १०० रन बनाएको छ । नेपालका पाँचौँ नम्बरका ब्याट्सम्यान कुशल मल्ल २२ र छैटौँ नम्बरका ब्याट्सम्यान रोहित पौडेल शून्य रन बनाउँदै क्रिजमा छन् ।
त्यसअघि १९.५ ओभरमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख ५८ रन बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले ६४ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियामा स्थानीयले अवरुद्ध गरेको राजमार्ग ३ घण्टापछि सञ्चालनमा
-
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
-
समाजवादी मोर्चाको बैठक भोलि बस्दै, जनकपुरको विरोधसभा स्थगित
-
मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’
-
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
-
काठमाडौँको १९ ठाउँमा होली सम्बन्धी कार्यक्रम