आईसीसी विश्वकप लिग-२ क्रिकेट
नामिबियाविरुद्ध १५ ओभरमा नेपालको तीन विकेट गुमाएर ८३ रन
बुधबार, ०९ फागुन २०८०, १० : ३०

काठमाडौँ । आईसीसी क्रिकेट वल्र्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै १५ ओभरमा तीन विकेट गुमाएर ८३ रन बनाएको छ ।
नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख ४७ र पाँचौँ नम्बरका ब्याट्सम्यान कुशल मल्ल १६ रन बनाउँदै क्रिजमा छन् । नेपालको रन रेट ५.५३ रहेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’
-
वसन्तपुरमा होलीको रौनक, २८ तस्बिरमा हेर्नुहोस्
-
बर्दियामा स्थानीयले अवरुद्ध गरेको राजमार्ग ३ घण्टापछि सञ्चालनमा
-
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
-
समाजवादी मोर्चाको बैठक भोलि बस्दै, जनकपुरको विरोधसभा स्थगित