नामिबियाविरुद्ध १० ओभरमा नेपालको तीन विकेट गुमाएर ६६ रन

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै दश ओभरमा तीन विकेट गुमाएर ६६ रन बनाएको छ । नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख ३४ र कुशल मल्ल १२ रन बनाउँदै क्रिजमा छन् । नेपालको रन रेट ६.६० रहेको छ ।
आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ मा नेपालले तेस्रो खेल खेलिरहेको हो । आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो ।
दुई खेल खेलेको नेपाल एक जित र एक हारबाट दुई अंक बटुल्दै तालिकाको पहिलो स्थानमा छ । समान अंक जोडेको नामिबिया दोस्रो र समान अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा आसिन छन् । यसअघि खेलिएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले हराएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भ्रमणकारी टोली नामिबियाले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । लिग-२ को यो दोस्रो संस्करण हो । लिग-२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ । लिग-२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्रमात्र सहभागी थिए ।
लिग-२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो । सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदैछ । यसपटक लिग-२ प्रतियोगितामा नेपाल, नाबियार र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् ।
यसअघि सम्पन्न आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिग अंक तालिकाको सबैभन्दा तल (१३औँ स्थान) रहेको नेदरल्यान्ड्सलाई भने पछि लिग-२ मा थपिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’
-
वसन्तपुरमा होलीको रौनक, २८ तस्बिरमा हेर्नुहोस्
-
बर्दियामा स्थानीयले अवरुद्ध गरेको राजमार्ग ३ घण्टापछि सञ्चालनमा
-
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
-
समाजवादी मोर्चाको बैठक भोलि बस्दै, जनकपुरको विरोधसभा स्थगित
-
मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’