नामिबियाविरुद्ध पाँच ओभरमा नेपालको कुनै विकेट नगुमाई ३२ रन
![नामिबियाविरुद्ध पाँच ओभरमा नेपालको कुनै विकेट नगुमाई ३२ रन](https://npcdn.ratopati.com/media/news/nepal_IdrUISfbY2.jpg)
काठमाडौँ । आईसीसी क्रिकेट वल्र्ड कप लिग–२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै पाँच ओभरमा कुनै विकेट नगुमाई ३२ रन बनाएको छ । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल १७ र आसिफ शेख १३ रन बनाउँदै क्रिजमा छन् । नेपालको रन रेट ६.४० रहेको छ ।
आईसीसी क्रिकेट वल्र्ड कप लिग–२ मा नेपालले तेस्रो खेल खेलिरहेको हो । आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो ।
दुई खेल खेलेको नेपाल एक जित र एक हारबाट दुई अंक बटुल्दै तालिकाको पहिलो स्थानमा छ । समान अंक जोडेको नामिबिया दोस्रो र समान अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा आसिन छन् । यसअघि खेलिएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले हराएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भ्रमणकारी टोली नामिबियाले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । लिग–२ को यो दोस्रो संस्करण हो । लिग–२ शृंखला सन् २०२७ सम्म चल्नेछ । लिग–२ शृंखलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्रमात्र सहभागी थिए ।
लिग–२ शृंखला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो । सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदैछ । यसपटक लिग–२ प्रतियोगितामा नेपाल, नाबियार र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् ।
यसअघि सम्पन्न आईसीसी क्रिकेट वल्र्ड कप सुपर लिग अंक तालिकाको सबैभन्दा तल (१३औँ स्थान) रहेको नेदरल्यान्ड्सलाई भने पछि लिग–२ मा थपिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिखको शानदार जित
-
भाइ, पत्नी र दुई छोरी गुमाएका एलीसहित तीन इजयाली बन्धक हमासको कब्जामुक्त हुँदै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन