आईसीसी विश्वकप लिग-२ क्रिकेट
नेपाललाई नामिबियासँग बदला लिने अवसर
बुधबार, ०९ फागुन २०८०, ०६ : २२

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले आज नामिबियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साढे ९ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गर्दै टोलीले बलियो नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत हासिल गर्यो । आज नामिबियासँग बदला लिने नेपालसँग अवसर हुनेछ ।
त्रिकोणात्मक शृङ्खलामा तीनै टोलीले २–२ खेल खेलेका छन् । हालसम्म सबै टोलीले समान एक खेलमा जीत र एक खेलमा हार बेहोरेका छन् । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ । त्यसपछि क्रमशः नामिबिया र नेदरल्यान्ड्स छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
-
समाजवादी मोर्चाको बैठक भोलि बस्दै, जनकपुरको विरोधसभा स्थगित
-
मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’
-
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
-
काठमाडौँको १९ ठाउँमा होली सम्बन्धी कार्यक्रम
-
चन्द्रागिरीमा आत्मदाह प्रयास प्रकरण : युवकका परिवारले दिए प्रहरीमा जाहेरी