पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
_KinBAnaF4N.jpg)
काठमाडौँ । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
भोलि बिहीबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण