शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सिरियामाथि नेपालको शानदार जीत

मङ्गलबार, ०८ फागुन २०८०, २२ : १०
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । २०२४ को वेस्ट एसियन फुटबल फेडरेसन च्याम्पियनसीपमा नेपाली महिला फुटबल टोलीले सिरियामाथि शानदार जीत हासिल गरेको छ । मंगलबार साउदी अरबमा भएको खेलमा ४–१ गोलअन्तरले विजयी बनेको हो ।

नेपालको जीतमा अमिशा कार्की, अनिता बस्नेत, साबित्रा भण्डारी र रेखा पौडेलले एक–एक गोल गरे । अमिशाले खेलको १० औँ मिनेटमा नेपाललाई अग्रता दिलाएकी थिइन् । १३ औँ मिनेटमा अनिताले सिधै कर्नरबाट शानदार गोल गरिन् ।

१९ औँ मिनेटमा साम्बाले एक गोल थप्दै टोलीको अग्रता फराकिलो बनाइन् । ४३ औँ मिनेटमा सिरियाकी नुरु मुस्तफाले एक गोल फर्काए पनि दोस्रो हाफमा रेखा पौडेलले अर्को गोल थप्दे टोलीको जीत सुनिश्चित गरिन् ।

नेपालले पहिलोपटक यो प्रतियोगितामा सहभागिता जनाएको हो । प्रतियोगितामा आठ टोली सहभागी रहेका छन् । नेपाल समूह बीमा रहेको छ । नेपालसँगै समूहमा प्यालेस्टाइन, इराक र सिरिया रहेका छन् ।

नेपालले अर्को खेल बिहीबार इराकविरुद्ध खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप