विराट–अनुष्कालाई पुत्रलाभ,नाम राखे ‘अकाय’
मङ्गलबार, ०८ फागुन २०८०, २१ : ५०

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मालाई दोस्रो सन्तान प्राप्ति भएको छ । पाँच दिन अघि यो दम्पतीले दोस्रो सन्तान प्राप्ति गरे पनि बल्ल यसबारे सार्वजनिक गरेका हुन् ।
अनुष्का शर्माको इन्स्टाग्राम अकाउन्टबाट उनीहरुले दोस्रो सन्तानका रुपमा आफूहरुलाई पुत्रलाभ भएको जानकारी दिएका हुन् । उनीहरुले छोराको नाम ‘अकाय’ राखिएको पनि जनाएका छन् ।
यो दम्पतीको पहिलो सन्तानका रुपमा छोरी छिन् । उनीहरुको छोरी वामिकाको जन्म सन् २०२१ मा भएको हो ।
कोहलीले इंग्ल्याण्डविरुद्ध जारी टेस्ट शृङ्खलाबाट ‘ब्रेक’ लिएका थिए । पाँच म्याचको शृङ्खलामा तीन खेल सम्पन्न भइसकेको छ, जसमा विराट सामेल थिएनन् । बाँकी दुई म्याचमा विराट उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने प्रस्ट भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान
-
व्यक्तिका पछि लागिन्न, राजा होस् कि नेता
-
दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ
-
ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छः प्रभु साह
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो