एमालेले भन्यो– आर्थिक र यौन आचरणले जनतासँगको सम्बन्ध अलग हुने खतरा बढ्यो

काठमाडौँ । नेकपा एमालेले पार्टीभित्र आर्थिक र यौन आचरण मौलाएको भन्दै यस्तो प्रवृत्तिले समग्र पाटीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको जनाएको छ ।
मंगलबार सुरु भएको पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकमा प्रस्तुत शुद्धीकरण र पार्टी सुदृढिकरणसम्बन्धी दस्ताबेजमा नेता कार्यकर्तामा मौलाएको आर्थिक र यौन आचरणका कारण नेता, कार्यकर्ता र समग्र पार्टीलाई नै अलग गर्ने खतरा पैदा भएको भन्दै चिन्ता व्यक्त गरिएको हो ।
‘हामीले आर्थिक सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरुलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ’, केन्द्रीय समिति सदस्यहरुलाई वितरण गरेको दस्ताबेजमा भनिएको छ ।
त्यस्तै एमालेले नेता कार्यकर्ताहरुमा बुजुर्वा कार्यशैली हाबी भएको भन्दै सर्वहारा श्रमजीवी वर्ग पक्षधर बन्नुको विकल्प नभएको जनाएको छ ।
‘हामीलाई बुर्जुवा कार्यशैली जीवनशैली अपनाउने छुट छैन, हाम्रो जीवनशैली र कार्यशैली निःसन्देह सर्वहारा श्रमजीवी वर्ग पक्षधर हुनुपर्छ’, एमालेले भनेको छ, ‘हाम्रो आचरण, व्यवहार र जीवन जिउने काइदा मुलुकको संविधान, प्रचलित कानुन सामाजिक नैतिकताको सीमाअनुकुल हुनुपर्छ ।’
जनताले उचित नठान्ने कामकारबाहीबाट जोगिन पनि एमालेले नेता कार्यकर्तालाई सजग गराएको छ ।
‘पाटीभित्र प्रचलित कानुन सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिकोणले अनुचित क्रियाकलाप देखा पर्न थालेका छन् । आफूलाई अरुभन्दा विशेष ठान्ने र आफ्ना लागि विशेष व्यवस्थाको अपेक्षा गर्ने प्रवृत्ति देखा परेका छन् ’, एमालेले भनेको छ । साथै केन्द्रीय सदस्यहरुलाई पार्टीमा आर्थिक र नैतिक आचरणलाई कसरी स्वच्छ, पारदर्शी र कानुनसम्मत बनाउने भनेर प्रश्न गरेको छ ।
जनआधारित कार्यकर्ता पार्टी निर्माणका लागि सोधिएका प्रश्नको जवाफ खोज्न जरुरी रहेको समेत एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म
-
विश्वकपको बदला, अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा
-
रुपन्देहीको सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकारले पुलिसलाई हरायो
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्ति सशस्त्र र नेपाल प्रहरीबाटै लुटिए