आमा बन्दै दीपिका पादुकोण

नयाँ दिल्ली । लण्डनमा आयोजित ७७ औं बाफ्टा अवार्ड समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले पटक पटक साडीले पेट लुकाउने प्रयास गरिरहेकी थिइन् । त्यसपछि दीपिका गर्भवति भएको र आफ्नो बेबी बम्प लुकाउने प्रयास गरेको अफवाह उड्न थाल्यो । यिनै अफवाहहरूबिच दीपिका पादुकोण र रणवीर सिंहको नजिकका एक स्रोतले अभिनेत्री गर्भवति रहेको खबरको पुष्टि गरेका छन् ।
सिंह दम्पत्ति निकट स्रोतले द वीक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनीको गर्भधारण पुष्टि गरेका हुन् । दीपिका गर्भवती भएको ४ महिनाभन्दा बढी भइसकेको बताइएको छ । बाफ्टा समारोहमा दीपिका प्रस्तोताको रुपमा सहभागी भएकी थिइन् । यो समारोहमा उनले डिजाइनर सब्यसाचीले डिजाइन गरेको झिलिमिली साडी लगाएकी थिइन् । समारोहमा खिचिएका दीपिकाका धेरै तस्बिर भाइरल भएका थिए ।
दीपिका पादुकोणले सिंगापुर भोगलाई दिएको अन्तर्वार्तामा २ महिनाअघि छिट्टै परिवार सुरु गर्ने इच्छा व्यक्त गरेकी थिइन् । कुराकानीका क्रममा उनलाई आमा बन्ने योजनाबारे सोधिएको थियो । यसबारे दीपिकाले भनेकी थिइन्, ‘पक्कै, रणवीर र म दुबैलाई बच्चाहरू निकै मन पर्छ । हामी दुबै त्यो दिनको पर्खाइमा छौँ, जुन पदन हामी आफ्नो परिवार शुरु गर्नेछौं ।’
दीपिकाले सन् २०१८ मा रणवीर सिंहसँग विवाह गरेकी थिइन् । दुबैको भेट पहिलो पटक फिल्म गोलियों की रासलीलाः रामलीलाको सेटमा भएको थियो । सँगै काम गर्दागर्दै दुवै प्रेममा परे र ५ वर्षको प्रेम सम्बन्धपछि विवाह गरे । दीपिका र रणवीरले गोलियों की रासलीलाः रामलीलाबाहेक पद्मावत, बाजीराव मस्तानी र ८३ मा सँगै काम गरिसकेका छन् । रणवीरको फिल्म सर्कसमा दीपिकाले क्यामियो गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीले तीन महिनाभित्र मधेश प्रदेशमा सबै तहका समिति गठन गर्ने
-
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण गर्न क्षति आंकलन थालिएको छः मन्त्री लेखक
-
भारु स्थिर विनिमय दर तत्काल हटाउँदा नेपालले उल्टै ठूलो नोक्शानी व्यहोर्नुपर्ने
-
तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव
-
गर्मीमा बढ्यो खरबुजाको माग
-
कक्षा १२ को परीक्षा एक हप्ता पछि गर्दा आकाश खस्दैन : अध्यक्ष सुवेदी