१९ देशका सैनिक सम्मिलित ‘अभ्यास शान्ति प्रयास’ सुरु

काठमाडौँ । शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण सुरु भएको छ । मंगलबार जङ्गी अड्डा अगाडीको खेल मैदानमा आयोजित एक विशेष समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा बत्ती बालेर शुभारम्भ गरेका हुन् ।
अभ्यास आगामी फागुन २१ गतेसम्म श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन हुनेछ । अभ्यास शान्ति प्रयास-४ संयुक्त राज्य अमेरिकी सरकारको ग्लोब पिस अपरेसन ईनिसिएटिभ (जीपीओआई) को सहयोगमा नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा आयोजना हुन लागेको हो ।
नेपाल समेत १९ देशका ११२५ जनाको सहभागिता रहने अभ्यासको समुद्घाटनसँगै समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्रहरूलाई अभ्यासमा सहभागिताको लागि धन्यवाद व्यक्त गर्दै संयुक्त राष्ट्रसंघका शान्ति स्थापना प्रयासहरूमा देखाएको समर्पण र प्रतिबद्धताको प्रशंसा गरे । उनले संयुक्त राष्ट्रसंघलाई शान्ति सैनिक र प्रहरी उपलब्ध गराउने देशहरूमा नेपाल अहिले शीर्ष स्थानमा रहेको र आवश्यक परेमा १० हजारसम्म फौज उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।
प्रधान सेनापति प्रभुराम शर्माले नेपालले सन् २००२, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका तीन वटा संस्करणहरू सञ्चालन गरिसकेको बताए । उनले संयुक्त राष्ट्रसंघको कार्यादेश अनुरूप विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिँदा शान्ति सैनिकहरूबिच एक आपसमा पारस्परिक सम्बन्ध तथा व्यावसायिकता अभिवृद्धि अभ्यास फलदायी हुने विश्वास व्यक्त गरे ।
अभ्यासमा बङ्गलादेश, फिँजी, घाना, इन्डोनेसिया, मलेसिया, मङ्गोलिया, नेपाल, श्रीलङ्का, थाइल्यान्ड, उरुग्वे, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, भियतनामका सैनिकहरू सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
-
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
-
हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा
-
एमसीसी स्थगन गरेकोमा विप्लव नेतृत्वको नेकपाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद