अघि बढेको इतिहासको गति कहिल्यै पछाडि फर्कँदैन : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अगाडि बढिसकेको इतिहासको गति कहिल्यै पछाडि नफर्कने बताएका छन् ।
‘नेपाली जनताले ठुलो बलिदान र संघर्षबाट समावेशीयुक्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त गरेका छन्, यो संविधानले सबैलाई मिलाएर लैजाने लक्ष्य राखेको छ, यसमा सबै निश्चिन्त हुन म आग्रह गर्दछु,’ बौद्ध धर्म, संस्कृति र परम्परा अनुसार शीतल निवासमा मंगलबार भएको नेपाल बज्रयान महाविहार, लुम्बिनीको राजकुल गमन कार्यक्रममा राष्ट्रपति पौडेलले भने, ’इतिहासको जुन गति छ, अगाडि बढेपछि त्यो फर्कँदैन ।’
बुद्ध धर्मले नेपाललाई संसारमा चिनाएको, यसको गरिमा बढाएको र नेपालको मौलिकता झल्काएको उल्लेख गर्दै उनले भने, ‘बुद्ध धर्मले विश्वमा शान्तिको लागि मात्र होइन, ज्ञानको लागि पनि योगदान पुर्याएको छ र आत्मिक शक्तिलाई माथि उठाउन पनि योगदान दिएको छ ।’
नेपाल परम्परागत बौद्ध धर्म संघको संयोजनमा भएको सो कार्यक्रममा राष्ट्रपति पौडेलले भिक्षु, भिक्षुणीहरूलाई दान दक्षिणा प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी ‘मोडल’मा परिवार योजना शिविरः अझै परिवार नियोजनका साधनमा पहुँच पुर्याउन चुनौती
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन
-
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश