चर्चित टिभी अभिनेता ऋतुराजको निधन

मुम्बई । चर्चित टिभी अभिनेता ऋतुराज सिंहको निधन भएको छ । ५९ वर्षीय ऋतुराजको गत राति हृदयघातका कारण निधन भएको छ । ऋतुराजका मित्र अमित बहलले ऋतुराजको निधन भएको पुष्टि गरेका हुन् ।
बहलका अनुसार केही समय अगाडि ऋतुराजको प्यानक्रियाजको उपचार गर्नका लागि अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य राम्रो भएपछि उनलाई घर ल्याइएको थियो । घर फर्केपछि उनलाई मुटुसम्बन्धी समस्या देखिएको थियो ।
बहलका अलावा बलिउड निर्देशक विवेक अग्रिहोत्रीले पनि ट्वीट मार्फत ऋतुराजको निधनमा दुःख व्यक्त गरेका छन् । ऋतुराज टेलिभिजनमा लोकप्रिय कलाकार मध्येका एक थिए । उनले टेलिभिजन बाहेक फिल्ममा पनि अभिनय गरेका छन् ।
ऋतुराजले अभिनयको सुरुवात १९८९ मा आएको एक टेलिफिल्मबाट गरेका थिए । त्यसपछि उनले चर्चित टिभी सिरियल ‘तोल मोल के बोल’, ‘ज्योति’, ‘सिआईडी), ‘अदालत’ लगायत थुप्रै सिरियलमा देखिएका थिए । पछिल्लो समय ऋतुराज लोकप्रिय धारावाहिक ‘अनुपमा’मा रेस्टुरेन्टका मालिक यशपालको भूमिकामा देखिएका थिए
टिभी सिरियलको अलावा उनले ‘बद्री नाथकी दुल्हनिया’, ‘सत्यमेव जयन्ते २’ र ‘यारिया’ जस्तो फिल्ममा देखिएका थिए । उनले वेबसिरिजमा पनि काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छु : प्रचण्ड
-
‘ऊनको स्वीटर’ साँझमा गुन्जिए सुजन, ट्रेलर पनि सार्वजनिक
-
बालुवाटारमा सत्तारुढ दलको बैठक जारी
-
बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री
-
स्वीडेनमा गोली हानेर तीन जनाको हत्या
-
माओवादीको तराई–मधेस जागरण अभियान आज सम्पन्न हुँदै