शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साताको सेयर: २ अर्ब ६३ करोडमाथि कारोवार

शुक्रबार, २३ असार २०७४, १८ : ५७
शुक्रबार, २३ असार २०७४

काठमाडौं– यो साता नेपालको पुँजी बजारमा कुल २ अर्ब ६३ करोड ६० ला भन्दा वढीको कारोवार भएको छ । यो साता बजारमा सकारात्मक प्रभाव नै देखिएको छ । साताको पहिलो दिन आइतबार पुँजी बजार दोहोरो अंकले ओर्लिएको थियो ।

गत साताको बिहीबार स्टक व्रोकरहरुको आन्दोलनले कारोवार नभएको बजारमा आइतबार भने २१.९९ अंकले झरेको हो । एक दशमलव ४१ प्रतिशतले झरेको बजारमा एक सय ४८ कम्पनीको ९ लाख ३१ हजार ९ सय ७५ कित्ता सेयर किनवेचवाट ५६ करोड ७७ लाख १६ हजार ५ सय ९८ रुपयाँको कारोवार भएको थियो । 

साताको दोस्रो दिन वजार २.४७ अंकले वढेको थियो । यो दिन बजारमा ८ लाख ३९ हजार कित्ता सेयर कारोवारवाट ४४ करोड ६७ लाख रुपैयाँको कारोवार भएको छ । यस्तै, तेस्रो दिन मंगलबार पनि पुँजी बजार सामान्य ओरालो लागेको छ यो दिन बजार ३.०१ अंकले घटेको हो । 

यता साताको चौथो दिन बुधबार भने बजार बजार करिव १० अंकले बढेको छ । बीमा समूहको सूचक ५० अंकले बढेपछि वजार उकालो लागेको हो । यो दिन बैंकिङ समूहको सूचक १० अंकले बढेको थियो । सो दिन वजारमा ४८ करोड २९ लाख रुपैयाँ बरावरको कारोवार भएको छ । 

अन्तिम दिन बिहीबार भने बजार उच्च अंकले बढेको थियो । यो दिन बजार यो साताकै उच्च अंक ३१.०५ अंकले बढेको थियो । यो २ प्रतिशतको वृद्धि हो । यो वृद्धिसँगै बजार एक हजार ५ सय ८२.११ अंकमा पुगेको छ । 

एक सय ४८ कम्पनीको ३५ लाख ९ हजार ३ सय ९० कित्ता सेयर किनवेच भएको आज ७६ करोड ३० लाख ६८ हजार ८ सय ३३ रुपैयाँको कारोवार भएको छ । यो दिन सवै समूहको सूचक हरियो भएका छन् । बैकिङ समूहको सूचक २४.५३ अंकले बढेको यो दिन होटल समूहको सूचक ५८.८७ अंकले वढेको छ । 

यस्तै, विकास बैंक समूहको सूचक ३९.४५ अंकले वढेको छ भने जलविद्युत समूहको सूचक भने २०.७४ अंकले वढेको छ । यस्तै, फाइनान्स समूहको सूचक ४.९२ अंकले वढेको छ भने बीमा समूहको सूचक ३१९.९ अंकले वढेको थियो ।

उत्पादनमुलक समूहको सूचक ११.२४ अंकले वढेको र अन्य समूहको सूचक भने ४.३४ अंकले वढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप