जापान र जर्मनीपछि अब चीनमाथि आर्थिक मन्दीको खतरा

बेइजिङ । यति बेला विश्व अर्थतन्त्रमाथि पुनः आर्थिक मन्दीको खतरा मडारिरहेको छ । जापान, जर्मनी र बेलायती अर्थतन्त्र मन्दीमा फसेको हालै सार्वजनिक भएका तथ्यांकहरुले देखाएका थिए । यसैबिच विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमाथि पनि आर्थिक मन्दीको कालो बादल छाउन सक्ने देखिएको छ । हालै सार्वजनिक भएको आर्थिक तथ्यांकहरुले यसैतर्फ संकेत गरिरहेका छन् । चीनमा भित्रिने विदेशी प्रत्यक्ष लगानी (एफडीआई)मा निकै ठुलो कमी देखिएको छ ।
सन् २०२३ मा चीनमा जम्मा ३३ अर्ब डलर खुद एफडीआई भित्रिएको सरकारी तथ्यांकले देखाएको छ । यो सन् २०२२ को भन्दा ८० प्रतिशत कम हो । विदेशमा चीनबाट भएको प्रत्यक्ष लगानीको तुलनामा भित्रिएको लगानी बढी भएकोले यसलाई केही हदसम्म सकारात्मक मान्न सकिन्छ । तर योसँगै लगातार दोस्रो वर्ष पनि एफडीआई घटेको छ । सन् २०२१ को कीर्तिमानी उच्च स्तरको तुलनामा यो १० प्रतिशत मात्रै हो । सन् २०२१ मा चीनमा कूल ३ खर्ब ४४ अब डलर एफडीआई आएको थियो ।
गएको वर्ष विश्वभर आर्थिक मन्दीले निकै चर्चा पायो । अधिकांश ठुला कम्पनीले व्यापक रूपमा कर्मचारी कटौती गरे । यो वर्ष पनि हालत सुध्रिएको छैन । कर्मचारी कटौती जारी छ । अर्थतन्त्र ध्वस्त हुँदै गइरहेका छन् । यसको ताजा उदाहरण जापान बनेको छ । जापानले विश्वको तेस्रो ठुलो अर्थतन्त्रको उपाधि हालै गुमायो । जापानलाई उछिनेर तेस्रो ठुलो अर्थतन्त्र बनेको जर्मनीको हालत पनि ठिक छैन । बेलायतको अर्थतन्त्रमा पनि लगातार संकुचन आइरहेको छ । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकामाथि कर्जाको बोझ बढेको छ । इन्स्टिच्युट अफ इन्टरनेशनल फाइन्यान्स (आईआईएफ)को तथ्यांकका अनुसार अमेरिकाको कर्जा बढेर ३४० खर्ब डलरमाथि उक्किलएको छ ।
के छ चीनको स्थिति ?
विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनले यतिबेला अनेकौँ संकट भोगिरहेको छ । शेयर बजार ध्वस्त बनेको छ । घरजग्गा कारोबारदेखि बैंकिङ संकटसम्म सबैले अर्थतन्त्रको खराब स्वास्थ्य बताइरहेको छ । यस्तो एफडीआईको तथ्यांकले पनि अर्थतन्त्र कतै मन्दीमा जाने हो कि भन्ने आशंका उब्जाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा