चैतमा चार दिने पुष्प मेला हुँदै

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आगामी चैतमा चार दिने पुष्प मेला हुने भएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने नाराका साथ आगामी चैत १ गतेदेखि ४ गतेसम्म ‘२५ औँ फ्लोरा एक्स्पो २०८०’ लाग्ने भएको हो ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सञ्चालन हुने प्रदर्शनीमा विभिन्न पुष्प नर्सरी/फर्म/संघ संस्थाहरू गरेर ७३ वटा स्टल रहनेछन् ।
सो प्रदर्शनीमा करिब ४ सय ५० भन्दा बढी प्रकारका फूल बिरुवाहरूको प्रदर्शनी तथा खरिद बिक्री हुने आयोजकले जनाएको छ ।
फूल फुल्ने तथा नफुल्ने आलंकारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो बीउ बिजन, ग्रिनहाउस कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सूक्ष्म तथा थोपा सिचाई प्रविधि आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादी लगायतका प्रदर्शनी हुने छ । सो मेला बिहान १० बजेदेखि साँझ ०५ः३० अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु