शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेकामध्ये एक जनाको मृत्यु

मङ्गलबार, ०४ वैशाख २०७५, १३ : ३०
मङ्गलबार, ०४ वैशाख २०७५

मलेखु– थाक्रे गाउँपालिका– ११ केवलपुरमा आज बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।  बोरिङ गरेर तानिएको पानीको पाइपमा बाटो माथि मिलाउनलाग्दा हाइटेन्सन लाइनमा करेन्ट लागेपछि घाइते भएकी झापा, कन्काइ नगरपालिका – ८ की मिक्की तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेपछि उपचारका लागि ट्रमा सेन्टरमा लगिएकी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए । 

घाइते हुनेमा थाक्रे – ६ का धनबहादुर कार्की, धीरज कार्की, गोपी कूलू, सुरेश कूलू, माइली तामाङ र गौतम तामाङ छन् । तीमध्ये पाँच जनाको वीर अस्पताल ट्रमा सेन्टरमा र दुई जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप