शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

अमेरिकी डीजे वाल्सी फायरको एलओडीमा प्रस्तुति

मङ्गलबार, ०८ फागुन २०८०, १५ : २७
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँँ । जमैकन अमेरिकी डीजे वाल्सी फायरको काठमाडौँमा सांगीतिक प्रस्तुति रहने भएको छ । बुधबार अर्थात् फेब्रुअरी २१ मा अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा वाल्सी फायरले प्रस्तुती दिने भएका हुन् । 

एमसी र रेकर्ड निर्मातासमेत रहेका उनी मेजर लेजरको उनी एक मुख्य सदस्य पनि हुन् । उनको समूहमा डीजे डिप्लो र एप ड्रम्स छन् । तर उनको समूहका अन्य साथीहरू भने नेपाल आउने छैनन् । 

थुप्रै हिट गीत सार्वजनिक गरेका उनका लीन अन (डीजे स्नेक र एमओसँग), कोल्ड वाटर (जस्टिन बिबरसँग), नो बेटर (ट्राभिस स्कटसँग), रन अप (निकी मिनाजसँग), टाइटन्स (सियासँग) लगायतका गीतहरू चर्चित छन् । जुन  गीत नेपाली युवामा समेत प्रसिद्ध छ । उनका गतिहरु मध्य ‘लीन अन’ ३.५ बिलियन भ्युज छ । ‘कोल्ड वाटर’ लाई युट्युबमा ३३८ मिलियन हेरिएको छ ।

वाल्सी फायरका कार्यक्रम राती ११ बजेदेखि सुरु हुने क्लबका निर्देशक रविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सहभागी हुन चाहने दर्शकले ई–सेवाबाट १ हजार मूल्यको टिकट लिन सक्नेछन् ।  दर्शकले कार्यक्रम सुरु हुनु अगाडि क्लबमा प्रवेश गरिसक्नु पर्नेछ । 

यसअघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अर्मान मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका कलाकारले प्रस्तुति दिइसका छन् । त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् । एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औँ स्थानमा परेको क्लब हो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५२ औँ स्थानमा राखेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप