फिल्मको बजार हेर्दा पारिश्रमिक लिँदा गर्व गर्ने अवस्था छैन : स्वस्तिमा खड्का
![फिल्मको बजार हेर्दा पारिश्रमिक लिँदा गर्व गर्ने अवस्था छैन : स्वस्तिमा खड्का](https://npcdn.ratopati.com/media/news/swastima-khadka_Tpqd6LZukH.jpg)
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रको बजार हेर्दा आफूले पारिश्रमिक लिँदा गर्व गर्ने अवस्था नरहेको बताएकी छन् । चलचित्र बजारमा निर्मातालाई पैसा उठाउन गाह्रो हुने अवस्था रहेको उनले बताएकी हुन् ।
‘म अहिले निर्माताको रूपमा आउँदैछु । त्यसैले बजारको विषयलाई नजिकबाट बुझ्दैछु’, खड्काले भनिन् ‘पहिला अभिनेत्रीकै रूपमा काम गर्दा म मेरो पारिश्रमिक लिएर त्यही अनुसार अभिनय गर्थेँ ।’ अब निर्माताका रूपमा आउँदैछु ।’ चलचित्र दिमाग खराबको प्रदर्शनकै समयमा निर्माताको रूपमा धेरै दुःख थाहा पाएको उनले सुनाइन् ।
चलचित्र पत्रकार संघ नेपाल हेटौँडामा आयोजना गरेको ‘सिनेमा बजार’ विषयको अन्तर्क्रियामा अभिनेत्री खड्काका अलवा नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, अभिनेत्री स्वस्तिमा खड्का, चलचित्र विकास बोर्डका सदस्य राजु केसी र हाइलाइट्स नेपालका प्रबन्ध निर्देशक जनक तामाङ लगायतको सहभागिता रहेको थियो ।
पत्रकार सुब्रतराज आचार्य सहजकर्ता रहेको कार्यक्रममा चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले आफूहरू पनि नेपाली चलचित्रको बजारको खोजीमा रहेको बताए । उनले चलचित्र भवनको सङ्ख्या घटेसँगै त्यसको चलचित्रको बजार र व्यापार पनि घट्दै धारणा राखे ।
‘४ सय ५० बाट हलको सङ्ख्या १ सय ५० मा झरिसकेको छ । जबकि अहिले चलचित्र निर्माणको सङ्ख्या १ सयको हाराहारीमा छ । तराईमा हल छ, तर बजार शून्य छ’ उनले भने ‘हामी अहिले निराश छौँ । सिङ्गल थिएटर हराउने अवस्था आइसकेको छ । दर्शकहरू राम्रो हिन्दी र नेपाली चलचित्र आउँछन् कि भनेर कुरेर बसिरहेका छन् ।’ महर्जनले चलचित्र विकास बोर्डमा ‘भिजन’ लिएर आउने मान्छेको अभाव भएकाले त्यसको मारमा चलचित्रकर्मी परेको गुनासो गरे ।
चलचित्र विकास बोर्डका सदस्य राजु केसीले नेपाली चलचित्रले पाँच दशकको यात्रा गरिरहँदा बजार कति खोज्न सकियो भन्दै प्रश्न गरे । ‘धेरै टाढा नजाऔँ, नजिकै विश्वकै दोस्रो ठुलो चलचित्र बजार बलिउड छ । तर पनि त्यहाँ हामीले बजार खोज्ने प्रयास गरेका छैनौँ’, उनले भने ।
हाइलाइट्स नेपालका प्रबन्ध निर्देशक जनक तामाङले नेपाली बजारमा ओटिटी प्लेटफर्मको माहौल नभएको जिकिरे गरे । उनले नेट्फ्क्लिसले भर्खरै मात्र नेपाली बजारमा आफूलाई भित्र्याएको उल्लेख गर्दै त्यसको प्रयोगका यसको विषय जानकार गराउनुपर्ने अवस्था रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ठूला आयोजना निर्माणमा जोड दिन प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह
-
‘पूर्णबहादुरको सारंगी’ले १० हलमा मनायो १०० दिन, अहिलेसम्मको व्यवसाय कति ?
-
भारतको सहयोगमा निर्माण हुने वर्थिङ सेन्टरको भवन शिलान्यास
-
युक्रेनी हिरासतबाट फर्किएका नेपालीको अनुभव– अहिले युक्रेन जानु सुगाको पिँजडामा पर्नु जस्तै हो
-
वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रमको कानुन निर्माण प्रक्रिया अघि बढाउने सहमतिसँगै हट्यो संसद्को गतिरोध
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित