बालकुमारी डोजोका सरोजले जिते ‘रामजी गुरु स्मृति पुरस्कार’

काठमाडौँ । नेपाल बालकुमारी क्योकुशिन कराँते संघद्वारा ललितपुरको मंगलबजारमा आयोजित ‘चौथो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता’ को ५५ देखि ६० केजी तौलसमूहमा बालकुमारी डोजोका सरोज तामाङ पहिलो भएका छन् ।
उक्त तौलसमूहमा कीर्तिपुर डोजोका संजेश भुलोन दोस्रो र स्ट्रङ्गेष्ट डोजोका संजयकुमार गुप्ता तेस्रो भए । ५० हजार पुरस्कार शाखीको ‘तेस्रो रामजी गुरु स्मृति पुरस्कार’ पनि सरोज तामाङले नै जिते । उनले गोला प्रथामार्फत उक्त पुरस्कार जितेका हुन् ।
गोला प्रथामा ६ वटै तौलसमूहका विजेता खेलाडीलाई सहभागी गराइएको थियो । प्रतियोगिताको पुरुष ५० देखि ५५ केजी तौलसमूहमा स्ट्रङ्गेष्ट डोजोका बुद्ध मगर पहिलो, एपीएफ क्लबका निरोज नगरकोटी दोस्रो र एपीएफ क्लबकै प्रभात स्याङ्तान तेस्रो भए ।
महिला ५० देखि ५५ केजी तौलसमूहमा एपीएफ क्लबकी अनिसा तामाङ पहिलो, एपीएफ क्लबकै चन्दाकुमारी भुजेल दोस्रो र मकवानुपर डोजोकी लक्ष्मी थिङ तेस्रो भए । पुरुष ४० देखि ४५ केजी तौलसमूहमा एपीएफ क्लबका सुनिल तामाङ पहिलो, मकवानपुर डोजोका रिदम थापा दोस्रो र बज्रबाराही डोजोका सविन गुरुङ तेस्रो भए ।
महिला ३५ देखि ४० केजी तौलसमूहमा बालकुमारी डोजोकी साहारा बाइवा पहिलो, बालकुमारी डोजोकै अस्मिता श्रेष्ठ दोस्रो र मकवानपुर डोजोकी प्रनिसा भुलुन तेस्रो भए । महिला ४५ देखि ५० केजी तौलसमूहमा मकवानपुर डोजोकी रेश्मा थापा पहिलो, कीर्तिपुर डोजोकी सोनिया राई दोस्रो र मकवानपुर डोजोकी रश्मी श्रेष्ठ तेस्रो भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित
-
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन