१० महिनादेखि भन्सार गोदाममै थन्कियो रासायनिक मल

सिन्धुपाल्चोक । चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो ।
कृषि सामग्री कम्पनी र आयातकर्ताबिच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए । खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ । रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै राजधानी लाने गरेको उनले जानकारी दिए ।
भूकम्प र कोरोनापछि खुलेको तातोपानी नाकामा पाँच वर्षदेखि एकछत्र काम गर्दै आएको सिल्क कम्पनी अन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीनबाट मल आयात गरेको हो । सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको छ । ठेक्का आर्थिक वर्ष ०७९÷८० मा सम्झौता भएको थियो ।
सम्झौताअनुसार सिल्क मार्केटले रासायनिक मल समयमै ल्याउन सकेन । गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पाले बताए । कृषि सामग्री कम्पनी लिमिटेडसँग कुराकानी गरिरहेको र प्रक्रिया पूरा भएपछि मल काठमाडौँ लगिने शेर्पाले बताए । मल भन्सारमै थन्किँदा हिउँदे बाली लगाउने किसान भने समस्यामा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय
-
मैदान प्रवेशमा रोक लगाइएपछि एमएलएससँग रिसाए मेस्सीका अंगरक्षक चेउको
-
राजश्व अनुसन्धानले पत्ता लगायो २५ करोडको वास्तविक मालिक, पक्राउ गर्न प्रहरीलाई पत्राचार
-
पिठो तथा इन्धन अभावमा गाजाका बेकरी बन्द
-
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
-
पूर्वराजा ज्ञानेन्द्रप्रति प्रचण्डको टिप्पणी– हावालाई कमान्डर बनाएको छ, हेर बुद्धि !