भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नु कांग्रेसको प्रमुख नीति हो : उपसभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने बताएका छन् । मंगलबार पार्टीको महासमिति बैठकमा पार्टीको नीतिगत प्रतिबद्धता प्रस्तुत त गर्दै उपसभापति खड्काले देशमा देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्नु नेपाली कांग्रेसको प्रमुख नीति भएको बताएका हुन् ।
उनले सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली कांग्रेसले मूल नीतिको रूपमा स्वीकार गर्ने बताए । उनले समाजमा असमानता बढाउने प्रमुख कारक कुशासन र भ्रष्टाचार भएको भन्दै समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक भएको बताए । उनले कांग्रेसले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताका साथ अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र सङ्कल्प गर्ने स्पष्ट पारे ।
उनले भने, ‘सुशासन र भ्रष्टाचार नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो । नेपाली समाजमा असमानता बढाउने प्रमुख कारक भनेको कुशासन र भ्रष्टाचार हो । समुन्नति, सुशासन स्थापना, र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक हुन् । यो नै लोकतन्त्रको, समृद्धिको आधार पनि हो । नेपाली कांग्रेस भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताका साथ अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र सङ्कल्प गर्दछ । नेपाली कांग्रेस सम्मिलित वर्तमान सरकारले सुशासनको सम्बन्धमा केही सकारात्मक कदम चालेको छ । यो हाम्रा लागि सुखद् र आशालाग्दो सङ्केत हो । तर यति हुँदाहुँदै पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता छ । यसका प्रति नेपाली काँगेस आफ्ना प्रतिबद्धता दोहोर्याउन चाहन्छ । देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्न नेपाली कांग्रेसको प्रमुख नीति मध्येको प्रमुख नीति हो हुनेछ । सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली कांग्रेस मूल नीतिको रूपमा स्वीकार गर्दछ ।’
उनले संविधानको आधारभूत रचनामा प्रतिकुल असर नपर्ने गरी आवश्यकताअनुसार संविधान संशोधन गर्न नेपाली कांग्रेस खुला रहेको स्पष्ट पारे । उनले संविधान संशोधनको आवश्यक नेतृत्व पनि नेपाली कांग्रेस आफैँले लिने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस संविधानलाई गतिशील दस्ताबेजको रूपमा हृदयङ्गम गर्दछ । संविधानको आधारभूत रचनामा प्रतिकुल असर नपर्ने गरी आवश्यकताअनुसार संविधान संशोधनप्रति नेपाली कांग्रेस खुला छ । संविधान लागु भए यताका हाम्रा आफ्नै अनुभव तथा पार्टी पङ्क्तिबाट आएका सुझावहरू समेतको आधारमा संविधान संशोधनको आवश्यक नेतृत्व नेपाली कांग्रेस आफैँले लिनेछ । आगामी दिनमा सम्पूर्ण पक्षसँग छलफल गर्दै संविधानलाई थप समृद्ध र थप सर्वस्वीकार्य बनाउन नेपाली कांग्रेस सम्पूर्ण नागरिक तथा राजनीतिक शक्तिलाई एकै स्थानमा ल्याएर छलफल, अन्तरक्रिया तथा विमर्शमार्फत समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा