हसारंगा टी–२० अन्तर्राष्ट्रियमा सय विकेट लिने दोस्रो श्रीलंकाली बलर

काठमाडौँ । श्रीलंकाका प्रभावशाली स्पिनर वानिन्दु हसारंगा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट लिने दोस्रो श्रीलंकाली खेलाडी बनेका छन् । श्रीलंका र अफगानिस्तानबिचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले यस्तो उपलब्धि हासिल गरेका हुन् ।
२६ वर्षीय हसारंगा टी–२० अन्तर्राष्ट्रियमा एक सय विकेट लिने विश्वकै ११औँ बलर पनि बनेका छन् । यसअघि श्रीलंकाका लासिथ मालिंगाले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए । हसारंगाले सोमबार सम्पन्न अफगानिस्तानविरुद्ध दोस्रो खेलमा चार ओभरमा १९ रन खर्चिएर दुई विकेट लिएका थिए ।
उक्त खेलमा श्रीलंका ७२ रनले विजयी भएको थियो । जितसँगै घरेलु टोली श्रीलंकाले तीन खेलको शृंखलामा २–० को अग्रता पनि हासिल गरेको छ । हसारंगाले एलिट सूचिमा पनि आफ्नो नाम दर्ता गराएका छन् ।
प्रभावशाली लेग–स्पिनर हसारंगा श्रीलंकाको टी–२० टोलीका कप्तान पनि हुन् । टी–२० अन्तर्राष्ट्रियमा उनले लिएको विकेट सँख्या एक सय एक पुगेको छ । उनले सन् २०१९ को सेप्टेम्बर १ मा न्युजिल्यान्डविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरेका थिए ।
हसारंगाले हालसम्म ६३ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन नौ रन दिएर चार विकेट हो । उनले टी–२० अन्तर्राष्ट्रियको ५३ पालीमा ६ सय २२ रन पनि बनाएका छन् । मालिंगाले भने टी–२० अन्तर्राष्ट्रियमा एक सय सात विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम