मोबाइलमा घण्टी बजेपछि ओलीले केन्द्रीय सदस्यलाई झपारे

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठककै क्रममा केन्द्रीय सदस्यहरूलाई झपारेका छन् । केन्द्रीय समिति बैठकमा ओलीले सम्बोधन गर्ने क्रममा सहभागी केन्द्रीय सदस्यहरूको मोबाइलमा पटक पटक घण्टी बजेपछि अनुशासन कायम नगरेको भन्दै झपारेका हुन् ।
‘मैले साथीहरूलाई यसअघि स्वीच अफमा राख्न आग्रह गरेको छु । किन मोबाइल एक छिन नहुँदा केही हुन्छ र ?’, ओलीले बैठकमा भने, ‘मसँग मोबाइल छैन त, चलेकै छ । कराउन दिने हो मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि ?’
उनले बैठकमा अनुशासन कायम नगरेको भन्दै आक्रोश व्यक्त गरे । ‘बैठकमा मोबाइल साइलेन्स मोडमा राख्नुस् या स्वीच अफ गर्नुस्’, उनले भने, ‘हामी सबैले बैठकमा एउटा अनुशासन त राख्नुपर्छ । फोन आइराख्ने, उठाइराख्ने अनि हेलो के छ भन्दै गर्ने हो भने के हुन्छ ?’
यो कार्यलाई रोक्न भन्दै ओलीले दुई पटकसम्म केन्द्रीय सदस्यलाई च्यासलमा आयोजित बैठकमा सचेत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशिक्षणमा सहभागी कांग्रेस क्षेत्रीय सभापतिहरू भन्छन्– ऊर्जा मिल्यो
-
अन्तरपालिका भलिबलको उपाधि नवलपुरको बौदीकालीलाई
-
दूतावास च्याम्पियनसिप फुटबल : नेपाललाई २ का विरुद्ध ८ गोल
-
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
-
समितिमा विचाराधीन विधेयकहरू छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह
-
प्रयोगमा ल्याएर फेल भएको ‘अतिरिक्त सचिव’ राख्ने सहमति