त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ
मङ्गलबार, ०८ फागुन २०८०, १३ : ०३
_fjMKnvPt3r.jpg)
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका सरिफ अहमद अब्दुल रफार छन् । दुबईबाट काठमाडौँमा ओर्लेका उनलाई ८५५ ग्राम तरल सुन सहित पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले रातोपाटीलाई बताए ।
तरल सुन तिनवटा क्याप्सुल आकार बनाएर रफारले लुकाएर ल्याएको भेटिएको छ । सुन कभर गरेको र्यापरसहित उनले ल्याएको सुनको तौल ८५५ ग्राम छ । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त