मेस्सी भन्छन्, ‘ममाथि लगाइएको आरोपमा कुनै सत्यता छैन’
काठमाडौँ । खेलकुदमा राजनीति मिसाउन खोजेको भनी चिनियाँ फुटबल समर्थकहरूले आफूमाथि लगाएको आरोपको विषयमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आफ्नो बचाऊ गरेका छन् । उनले स्वास्थ्य समस्याका कारण आफूले हङ्कङमा मैत्रीपूर्ण फुटबल खेल्न नसकेको प्रष्ट पारेका छन् ।
केही समयअघि अमेरिकी फुटबल क्लब इन्टर मियामी एसिया भ्रमणमा आएको थियो । मेस्सी पनि इन्टर मियामीबाटै ब्यवसायीक फुटबल खेल्छन् । एसिया भ्रमणका क्रममा इन्टर मियामीले हङ्कङमा प्रदर्शनी खेल खेलेको थियो ।
तर, त्यो खेलमा मेस्सी मैदानमा ओर्लिएका थिएनन् । स्वास्थ्य समस्याका कारण मेस्सीले उक्त खेल नखेलेको बताइएको थियो । त्यसअघि साउदी अरेबियामा खेलिएको मैत्रीपूर्ण खेलमा मेस्सी मैदानमा ओर्लिएका थिए । हङ्कङ भ्रमणपछि जापान पुगेको इन्टर मियामीले त्यहाँ पनि प्रदर्शनी खेल खेलेको थियो । जापानमा खेलिएको खेलमा भने अन्तिमतिर केही मिनेट मेस्सी मैदानमा ओर्लिएका थिए ।
हङ्कङमा मेस्सीको खेल हेर्न हजारौँ समर्थकले महंगो मूल्यमा टिकट खरिद गरेका थिए । मेस्सीले नखेलेपछि समर्थकहरू आक्रोशित बनेका थिए । आयोजकले आफूहरूसँग धोखा गरेको आरोप पनि समर्थकले लगाएका थिए ।
समर्थकहरूले इन्टर मियामी र मेस्सीले फुटबलमा राजनीति मिसाउन खोजेको आरोप पनि लगाएका थिए । चिनिया सरकारका स्थानीय अधिकारीहरु पनि इन्टर मियामी र मेस्सीको उक्त निर्णयबाट रुष्ट बनेका थिए ।
आफूमाथि आरोप लाग्नेक्रम बढ्दै गएपछि मेस्सीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले स्वास्थ्य समस्याकै कारण आफूले हङ्कङमा मैत्रीपूर्ण खेल नखेलेको बताएका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै आफूले हङ्कङमा नखेल्नुको पछाडि कुनै राजनीतिक कारण नरहेको दाबी पनि गरेका छन् ।
‘हङ्कङमा मेरो अनुपस्थितिको विषयलाई लिएर विभिन्न आरोप लगाइएको छ । यस्ता आरोपमा कुनै सत्यता छैन । मैले फुटबलमा राजनीति मिसाउने कुनै कार्य गरेको छैन,’ चिनियाँ समर्थकलाई सम्बोधन गर्दै मेस्सीले जारी गरेको भिडियो सन्देशमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन