बिहे गरेको दुई वर्षसम्म पनि पतिले शारीरिक सम्बन्ध नराखेको भन्दै पत्नीले दिइन् उजुरी

काठमाडौँ । बिहे गरेको दुई वर्षसम्म पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको भन्दै भारतमा एक महिलाले उजुरी दिएकी छन् ।
बिहार राज्यको वैशाली जिल्लास्थित लालगंज थाना अन्तर्गतको एक गाउँमा बस्दै आएकी महिलाले अहियापुर थाना अन्तर्गत घर भएका पतिविरुद्ध उजुरी दिएकी हुन् ।
ती महिलाले दिएको उजुरीपत्रमा उल्लेख भए अनुसार उनीहरूको विवाह ३१ मई २०२१ मा भएको हो । विवाहपछि आफू पतिको घर गएको र दुई वर्षसम्म पनि पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको उल्लेख गर्दै उनले उजुरीमा यसबारे परिवारका अन्य सदस्यलाई जानकारी गराए पनि कसैले वास्ता नगरेको जनाएकी छन् ।
पतिलाई आफूले शारीरिक सम्बन्ध किन नराखेको भनेर सोध्दा उल्टै आफूमाथि कुटपिट तथा दुर्व्यवहार गर्ने गरेको पनि उनले उजुरीमा उल्लेख गरेकी छन् ।
आफूलाई माइत जानसमेत नदिई धम्की दिएर राखिएको ती महिलाको आरोप छ । आफ्नो हजुरबुवा बिरामी भएको बहाना बनाएर माइत पुगेकी ती महिलाले अहिलेसम्म पनि आफूलाई पति र उसको परिवारका अन्य सदस्यले धम्क्याइरहेको जनाएकी छन् ।
प्रहरी अधिकारी अदिति कुमारीका अनुसार यो मामिलामा उजुरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म