कांग्रेस महासमिति बैठक : आज विभिन्न प्रतिवेदन पेश गरिने
मङ्गलबार, ०८ फागुन २०८०, ०६ : ५५
_o0m0IhO0hY.jpg)
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने भएको छ । ललितपुरको गोदावरीमा चलिरहेको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने भएको छ।
बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने तय भएको छ।
यद्यपि महामन्त्री गगन थापाको प्रतिवेदनमा संस्थापन पक्षले संशोधनमा माग गरिरहेको छ । विशेष गरी निर्वाचन अघि गठबन्धन नगर्ने विषयलाई लिएर पार्टीमा विवाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
-
अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता रोममा हुने
-
झरिमा जनजीवन (तस्बिरहरु)
-
वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार
-
विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारण गरेर हो ?