गोपीचन्द्र पार्कीले लण्डन म्याराथनमा सहभागिता जनाउने
सोमबार, ०७ फागुन २०८०, १८ : ०३
काठमाडौँ । म्याराथन धावक गोपीचन्द्र पार्कीले टिसिएस लण्डन म्याराथनमा सहभागिता जनाउने भएका छन् । सोेमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा गोपीले लण्डन म्याराथनमा राम्रो नतिजाको लागि प्रयास गर्ने बताए । उनले लण्डन म्याराथन २०८१ वैशाख ९ (अप्रिल) २१ मा हुनेछ । लण्डन म्याराथनका लागि नेपाल युके रनले व्यवस्थान गरेको छ ।
युके रनका प्रतिनिधि सन्तोष राईले भविष्यमा पनि नेपालगञ्ज म्याराथन र हाफ म्याराथनका विजेतालाई पनि लण्डन म्याराथनमा सहभागिता गराउन प्रयास गरिने बताए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले नेपालगञ्ज, पोखरा र काठमाडौँ म्याराथनलाई राखेपले महत्वका साथ हरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
-
ललितपुर र सुनसरीमा लाखौँको चोरी
-
समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
-
बाँकेमा ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
करिब ५ सय ४७ किलो गाँजासहित एक जना पक्राउ
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने घिमिरेको धारणाप्रति सांसदहरूको आपत्ति