घाँस बेच्दै खाद्य कम्पनी
सोमबार, ०७ फागुन २०८०, १७ : ३६

काठमाडौँ । बागमती प्रादेशिक अन्तर्गत काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयले घाँस बेच्ने भएको छ । पर्वलाई लक्षित गरी खरिद गरेका जिउँदो खसी बोका, च्याङग्राहरुलाई खुवाउने बाँकी रहेको हरियो डाले घाँसको सिटा पात र घस्यौटा पतिङ्गर बेच्ने भएको हो ।
कम्पनीले २०८० सालको बडा दसैँ पर्वलाई लक्षित गरी खरिद गरेका जिउँदो खसी बोका, च्याङग्राहरुलाई किनेको हरियो डाले घाँसको सिटा पात र घस्यौटा पतिङ्गर परिसर सफा हुने गरी इच्छुक व्यक्तिले सात दिनमा लैजान सक्ने भन्दै सूचना प्रकाशन गरेको छ ।
सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालयमा नेपाली नागरिकताको प्रतिलिपि संलग्न गरी दर रेट खुलाई खरिदका लागि आवेदन पेस गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ