प्रतियोगितामा सहभागी पालिकाका प्रमुखहरूलाई भलिबलको माला

सुर्खेत । वीरेन्द्रनगरमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा गरिएको उक्त प्रतियोगिताको मुख्यमन्त्री राजकुमार शर्माले एक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् । प्रतियोगितामा प्रदेशका १० वटा स्थानीय तहहरू सहभागी बनेका छन् ।
सहभागी हुनेमा दैलेख ठाटीकाँध गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका, रुकुम पश्चिमको सानोभेरी गाउँपालिका, जुम्लाको तातोपानी, कालिकोटको तिलागुफा गाउँपालिका, जाजरकोटको छेडागाड नगरपालिका, हुम्लाको खार्पुनाथ, गाउँपालिका, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका, मुगुको सोरु र सल्यानको कपुरकोट गाउँपालिका रहेका छन् ।
जिल्ला खेलकुद विकास समितिबाट सिफारिस भई प्रत्येक जिल्लाका एक पालिकाहरूको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी भएका पालिकाका प्रमुखहरूलाई परिषद्ले भलिबलको माला लगाई सम्मान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो
-
सेन्साइ ब्राण्डको खरिदमा बाइक जित्ने अवसर