रातोपाटीलाई रासस उत्कृष्ट सेवाग्राही सम्मान

काठमाडौँ । रातोपाटी डटकम राष्ट्रिय समाचार समितिको उत्कृष्ट सेवाग्राहीमा परेको छ । राससको ६३औँ वार्षिकोत्सव समारोहमा सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डिस्कवरी न्यूज नेटवर्क प्रा. लि.द्वारा सञ्चालित रातोपाटीका प्रवन्ध निर्देशक अर्जुन पन्तलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरिन् ।
राससले रातोपाटीलाई एक वर्षभित्र आफ्नो सेवा लिनेमध्ये उत्कृष्ट समाचार संस्थाका रूपमा प्रशंसापत्रले सम्मानित गरेको हो ।
‘समाचार सेवाको नियमित ग्राहक बनी समितिको उन्नति र प्रगतिका लागि साथ, सहयोग र हौसला प्रदान गर्नुभएकामा उच्च कदर गर्दै उत्कृष्ट सेवाग्राहीका रूपमा ससम्मान यो प्रशंसापत्र प्रदान गरिएको छ,’ प्रशंसापत्रमा भनिएको छ, 'भविष्यमा पनि राससलाई त्यस संस्थाबाट निरन्तर सहयोग प्राप्त भइरहने विश्वासका साथ संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै
-
पालिकामा भएको बहुमुखी सहकारी संस्थामा पनि ८५ लाख बढी हिनामिना
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षकहरुको चेतावनीदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म