नेदरल्यान्ड्सले सजिलै हरायो नामिबियालाई

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । नामिबयाले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।
नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ८१ बलमा ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, म्याक्स ओ डाओडले २८ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । बास डी लिडेले २१ रन बनाए ।
यसअघि आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबिया ३५.१ ओभरमा १ सय २३ रन बनाउँदै अलआउट हुन पुगेको थियो । दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिए ।
नामिबियाका लागि जोनाथन स्मिथले सर्वाधिक २६ रनको योगदान दिए । उनले एक चौका र २ छक्का हिर्काए । त्यस्तै, रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए । उनले एक छक्का प्रहार गरे ।
विकेटकिपर जेन ग्रिनले १९ रन बनाउँदा निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३–१३ रनको योगदान दिए । नेदरल्यान्ड्सका लागि कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए ।
त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । आजको खेलपछि तीनै टोलीले २-२ अंक बटुलेको छ । नेट रनरेटको आधारमा नेपाल पहिलो, नामिबिया दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’
-
वसन्तपुरमा होलीको रौनक, २८ तस्बिरमा हेर्नुहोस्
-
बर्दियामा स्थानीयले अवरुद्ध गरेको राजमार्ग ३ घण्टापछि सञ्चालनमा
-
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
-
समाजवादी मोर्चाको बैठक भोलि बस्दै, जनकपुरको विरोधसभा स्थगित