महामन्त्री थापाको प्रतिवेदन संशोधन भएर आउँछ : मीन विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकका लागि कांग्रेस नेताहरू गोदावरीमा भेला भएसँगै त्यहाँ चहलपहल सुरु भएको छ । पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने महासमिति बैठकमा पार्टीका विभिन्न तहका दुई हजारभन्दा बढी प्रतिनिधि एवम नेता सहभागी भइरहेका छन् ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
त्यस्तै प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरी समूहगत रूपमा छलफल हुनेछ ।
पछिल्लो समय पेचिलो बन्दै गएको पार्टी महामन्त्री गगनकुमार थापाको प्रतिवेदन संशोधनको विषयमा समेत सहमति भएको पार्टीको संस्थापन पक्षका नेताहरूले दाबी गरेका छन् ।
सोमबार बिहान सभापति देउवा निवास बुढानीलकण्ठमा पदाधिकारीसहित बसेको बैठकमा महामन्त्री थापाको प्रतिवेदनको कतिपय विषय संशोधन गर्न तयार रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दाबी गरे ।
उनले भने, ‘साँझ डकुमेन्ट आउँछ । संशोधन भएर आउँछ, महामन्त्रीज्यू कतिपय विषय संशोधन गर्न तयार हुनुहुन्छ ।’ सहमति जुटेसँगै महासमिति बैठकका लागि नेताहरू गोदावरीमा जम्मा भएका हुन् ।
महामन्त्री थापाले प्रतिवेदनमा राखेका केही विषयप्रति सभापति देउवा असन्तुष्ट थिए । विशेष गरी गठबन्धन, राष्ट्रिय सभा निर्वाचन र विधानबारे थापाले प्रतिवेदनमा राखेका विषयमा देउवाको असन्तुष्टि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला
-
पुलिसलाई हराउँदै फाइनल पुग्यो चर्च ब्याइज, उपाधिका लागि थ्रीस्टारसँग भिड्ने
-
स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण
-
पहिचान र स्वायत्त शासनसहितको संघीयता आवश्यक : अध्यक्ष भट्टराई
-
प्रहरीमा ‘स्टाफ कलेज’ सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
-
हङकङसँग २ रनले हार्यो नेपाल