गगनको प्रतिवेदनमा जुटेन सहमति, सहमतिको प्रयास जारी राख्ने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सांगठानिक प्रतिवेदनमा शीर्ष नेताबिच सहमतिको प्रयास असफल भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार महासमिति बैठकअघि नेताहरूबिच भएको छलफलमा सहमति नजुटेको हो । छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माका साथै प्रमुख सचेतक रमेश लेखक रहेका थिए ।
महामन्त्री थापाको प्रतिवेदनमा चुनावअघि गठबन्धन गर्न नहुने विषय समेटिएको छ । उक्त विषय सच्चाएर मात्रै महासमिति बैठकमा प्रतिवेदन लैजान महामन्त्री थापालाई सभापति देउवा पक्षले गरेको आग्रहमा थापा सहमत हुन नसकेपछि थापाको प्रतिवेदन नै छापिएको छैन ।
सहमति नजुटेपछि महासमिति बैठक निर्धारित समयमै उद्घाटन गर्ने र सहमतिको प्रयास पनि सँगसँगै हुने गरी बुढानीलकण्ठबाट नेताहरू निस्किएको नेता रमेश लेखकले जानकारी दिए । कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा दिउँसो १ बजेबाट सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण