आर्यनको घातक बलिङ, १ सय २३ रनमा समेटियो नामिबिया

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत तेस्रो खेलमा नामिबयाले नेदरल्यान्ड्सविरुद्ध १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबया ३५.१ ओभरमा अलआउट हुन पुगेको हो ।
दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिए । नामिबियाका लागि जोनाथन स्मिथले सर्वाधिक २६ रनको योगदान दिए । उनले एक चौका र २ छक्का हिर्काए ।
त्यस्तै, रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए । उनले एक छक्का प्रहार गरे । विकेटकिपर जेन ग्रिनले १९ रन बनाउँदा निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३–१३ रनको योगदान दिए । नेदरल्यान्ड्सका लागि कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए ।
त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
-
काठमाडौँको १९ ठाउँमा होली सम्बन्धी कार्यक्रम
-
चन्द्रागिरीमा आत्मदाह प्रयास प्रकरण : युवकका परिवारले दिए प्रहरीमा जाहेरी
-
जसपा नेपालनिकट विद्यार्थी युनियनले राजर्षी जनक विश्वविद्यालयमा बुझायो ज्ञापन
-
एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै
-
रास्वपा कार्यालयमा मनाइयो होली