भारतको प्रविधि क्षेत्रमा ६० हजार रोजगारी थपिने
सोमबार, ०७ फागुन २०८०, ११ : ५८

नयाँ दिल्ली । आर्थिक वर्ष २०२३–२४ मा भारतको प्रविधि क्षत्रेमा ६० हजार नयाँ रोजगारी थपिने अनुमान गरिएको छ । योसँगै यस क्षेत्रमा कार्यरत कूल कर्मचारीको सङ्ख्या ५४ लाख ३० हजार पुग्नेछ । तर थपिएको यो रोजगारी अघिल्लो आवको तुलनामा निकै कम हो ।
आव २०२२÷२३ मा यस क्षेत्रले २ लाख ७० हजार रोजगारी सृजना गरेको थियो । अमेरिका र युरोप लगायत मुख्य बजारमा बृहत् आर्थिक सुस्तीका कारण माग घटेको छ । यस्तोमा भारतको आइटी उद्योगको रोजगारीको अवस्था पनि प्रभावित भइरहेको छ ।
भारतको आइटी सेवा उद्योगको आकार करिब २ खर्ब ५० अर्ब डलर बराबरको छ । कूलमध्ये ६० देखि ८० प्रतिशत आम्दानीको स्रोत उत्तर अमेरिका र युरोप हो । कोभिडको बेलामा आइटी क्षेत्रमा अति नै धेरै रोजगारी सृजना भयो । यतिबेला केही हदसम्म करेक्सन देखिन थालेको विश्लेषकहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ