‘डीएसपी हुँ’ भनेर चालकलाई धम्क्याउने पुरुष छलफलपछि रिहा

काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित सांग्रीला होटेलको मोडमा विपक्षी चालकसँग ‘विवाद’ गर्ने पुरुषलाई प्रहरीले झिकाएर छलफल गराएको छ । प्रहरी वृत्त दरबारमार्गमा धनगढी घर भएका प्रवीण श्रेष्ठ र विपक्षी चालकलाई प्रहरीले विवादबारे छलफल गराएको हो ।
शनिवार साङ्ग्रिला होटेलको मोडमा गाडी घुमाउने क्रममा विवाद हुँदा प्रवीण श्रेष्ठले ‘डीएसपी’ हुँ भन्दै अर्का चालकलाई अश्लील गालीगलौज गरेका हुन् । कुलेश्वर बस्दै आएका एक युवकलाई श्रेष्ठले गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
त्यसबारे दुवै पक्षलाई राखेर छलफल गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । ति अधिकृत भन्छन्–‘छलफलपछि उहाँहरु मिलापत्र गरेर जानुभएको छ ।’
प्रहरीको अनुसन्धानबाट प्रवीण श्रेष्ठ डीएसपी नभएको खुलेको छ । घटनाबारे जानकार प्रहरी वृत्त दरबारमार्गका एक जना अधिकृत भन्छन्,‘उहाँ प्रहरी होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल