आलियाले किन भनिन्– ‘स्टेज छोडेर जान्छु’ ?

नयाँ दिल्ली । बाल कलाकारको रुपमा आफ्नो एक्टिङ करियरको थालनी गरेकी आलिया भट्ट बलिउडकी टप एक्ट्रस भइसकेकी छिन् । उनको हरेक फिल्मले बक्स अफिसमा तहल्का त पिट्छ नै निर्माताहरूलाई पनि धनी बनाइदिन्छ ।
उनी बलिउडकी सबैभन्दा शक्तिशाली अभिनेत्री हुन् । सामाजिक सञ्जालमा उनी निकै सक्रिय रहन्छिन् । आलिया फिल्ममा हुनु भनेको त्यो फिल्म हिट हुने ग्यारेन्टी हो । आफूले निर्वाह गरेको हरेक पात्रको माध्यमबाट आलियाले दर्शकको मन जित्छिन् ।
यति बेला आलिया आफ्नो वेब सिरिज पोचारका कारण चर्चामा छिन् । यसैबीच इन्टरनेटमा आलियाको एउटा भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा आलियाले स्टेज छाडेर गइदिन्छु भनिरहेको देखिन्छ । यो भिडियो यही सिरिजको ट्रेलर लञ्चको बेलाको हो ।
सार्वजनिक भएको भिडियोमा होस्टले आलियालाई ग्लोबल आइकन भन्छन् । आफ्नो यस्तो तारिफ सुन्ने बित्तिकै आलिया भन्छिन्, ‘होइन...होइन प्लिज ।’ आफ्नो तारिफ सुनेर आलिया यति भावुक हुन्छिन् कि स्टेज छाडेर गइदिन्छु भन्छिन् । ग्लोबल आइकन भनेर आफ्नो परिचय सुनेपछि आलियाले अलि अप्ठ्यारो मानेको देखिन्छ । ‘तपाई पछि आएर मेरो कानमा यो तारिफ गरिदिनु ।’ होष्टलाई उनी भन्छिन् ।
आलिया भट्टको यो भिडियोमा निटिजन्सहरुले फरक फरक प्रतिक्रिया दिइरहेका छन् । धेरै फ्यानले नायिकाको खुलेर तारिफ गरिरहेका छन् । कतिपयले आफूलाई ग्लोबल स्टार नठान्नु नै तिम्रो महानता हो भनेका छन् भने कतिपयलेसाँच्चिकै निकै अद्भूत नायिका बताइरहेका छन् ।
आफ्नो उपलब्धिहरुको ‘शो अफ’ नगरेको भन्दै केहीले उनको तारिफ गरिरहेका छन् । आलिया उत्कृष्ट अभिनेत्री त हुन् नै निर्माताको रुपमा पनि उनले डेब्यू गरेकी छिन् । निर्माताको रुपमा आलियाले वेब सिरिज ‘पोचर’ लिएर आउँदैछिन् । हालै यो वेब सिरिजको ट्रेलर सार्वजनिक भएको थियो । यसलाई दर्शकहरुले निकै रुचाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड