विवाहका निम्ति वडाको सिफारिस अनिवार्य

मान्म । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–४ ले विवाह गर्न वडाका सबैले अनिवार्यरूपमा सिफारिस लिनुपर्ने नियम बनाएको छ । बालविवाह रोक्ने उद्देश्यले वडा कार्यालयले वडाको सिफारिस अनिवार्य गरेको हो ।
विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरुको वास्तविक जन्ममिति थाहा हुने र बालविवाह घटाउन सहयोग पुग्ने वडाध्यक्ष दिनेश सन्ज्यालले बताए । “उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम लागु गरेका छौँ ।” उनले भने,“जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिनेछ ।”
वडाको नियम उल्लङ्घन गरेमा कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता वडाध्यक्ष सन्ज्यालले व्यक्त गरे । “कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।” उनले भने, “त्यसको व्यवहारिक कार्यन्वयनका लागि सिफारिसलाई अनिवार्य बनाएका हौँ,।”
बालविवाह हुननदिन लागि विद्यालयमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उमेर नपुग्दै विवाह हुने क्रमलाई रोक्न ज्योतिष र पण्डितलाई पनि बालबालिकासँगै सहभागी बनाएर चेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेको वडाध्यक्षले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक गैरसरकारी विधेयक दर्ता
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले हुन्छ सार्वजनिक ?
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई