त्रिवि उपकुलपति नियुक्ति प्रक्रियाप्रति अनेरास्ववियुको आपत्ति

काठमाडौँ । नेकपा(एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिविमा उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको र समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा आपत्ति जनाएको छ । अनेरास्ववियु केन्द्रीय समितिको निर्णय आइतबार सार्वजनिक गदै उपकुलपति चयन प्रक्रियाप्रति आपत्ति जनाएको हो ।
‘उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको, समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । मेरिटोक्रेसीको नाटक मञ्चन गरेर पुनः राजनीतिक भागबन्डाको आधारमा उपकुलपति नियुक्त नगर्न र तत्काल वर्तमान शासकीय संरचना परिवर्तन गरी बोर्ड अफ ट्रस्टीको अवधारणाको नीतिगत व्यवस्था गर्न जोडदार माग गर्ने निर्णय गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
बैठकले समसामयिक राजनीति अवस्थाको समीक्षा गर्नुको साथै राजनीतिक शुद्धीकरणको दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । साथै अनेरास्ववियुले राष्ट्रिय स्तरको हाजिरीजवाफ प्रतियोगिता गर्ने, विद्यार्थी महोत्सव आयोजना गर्ने, राष्ट्रिय महिला मेला आयोजना गर्ने, एसियन विद्यार्थी सम्मेलन गर्ने, चैतभित्र अवधि पुगेका समितिहरूको अधिवेशन गर्ने लगायत निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित