गण्डकीको हिउँदे अधिवेशन फागुन १६ गतेदेखि
आइतबार, ०६ फागुन २०८०, २० : ०९

पोखरा । गण्डकी प्रदेशको हिउँदे अधिवेशन फागुन १६ गतेदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसद् बैठक आह्वान गरेका हुन् ।
आगामी अधिवेशनका लागि बिउ विजन र आमसञ्चार विधेयक संसदीय समितिमा छलफल भएर ठिक्क पारिएको छ । संशोधनसहितको प्रतिवेदन संसद् सचिवालयमा फिर्ता भैसकेको छ ।
यस्तै, सरकारले थप २ वटा विधेयक तयार गरेको छ । माघ २९ गते बसेको बैठकले दुवै विधेयकलाई संसद्मा पेस गर्ने निर्णय गरेको छ ।
प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद्मा पेस गर्ने निर्णय भएको प्रवक्ता सरस्वती अर्याल तिवारीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले