वीर अस्पतालको फार्मेसीमा छैन स्वास्थ्य बीमामा समावेश भएका आधा औषधि
काठमाडौँ । वीर अस्पतालको फार्मेसीमा स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका आधा औषधि नरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सुविधाको थैलीमा समावेश गरिएका सर्जिकल सामान र सर्जरी गर्दा आवश्यक पर्ने औषधीहरूमध्ये आधाआधी औषधीहरू मात्र उपलब्ध रहेको, म्याद नाघेका औषधीको नियमानुसारको भण्डारण नभएको, अनिवार्य रूपमा उपलब्ध हुनुपर्ने अत्यावश्यक औषधी उपलब्ध नरहेको पाइएको हो ।
सरकारी अस्पतालहरूको फार्मेसीमा स्वास्थ्य बीमा, क्यान्सर, कडा रोग ठुलो शल्यक्रियाहरूको औषधी नराखी निजी फार्मेसीहरूमा किन्न बाध्य बनाउने गरेको र निजी फार्मेसीहरूले बिरामीहरूलाई दर्ता नभएका र कम गुणस्तरका औषधीहरू बेच्ने गरेको मन्त्रालयले जनाएको छ । यसले बिरामीको स्वास्थ्यमा असर पर्नुका साथै आर्थिक बोझ समेत बढ्न गएको गुनासो मन्त्रालयमा परेको छ ।
यस विषयमा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताउँदै औषधी व्यवस्था विभागलाई यस सम्बन्धमा तत्काल आवश्यक कारबाही अघि बढाउन निर्देशन दिइसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वर्षमा एक हजार ६ सय ६६ अनलाइन सूचीकृत
-
संविधानमा आदिवासी जनजातिका हक सुनिश्चित : सभामुख
-
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
-
मन्त्रिपरिषद् बैठक : अध्यादेशका नियमावली पारित
-
दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु