३ वटै सुरक्षा निकायका प्रमुखहरूसँग जाँचबुझ आयोगको परामर्श

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तिनवटा सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गरेको छ । प्रहरी प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग आयोगका पदाधिकारीले ‘परामर्श’ गरेका हुन् ।
जाँचबुझ सुरु भएसँगै आयोगले ३० जनासँग परामर्श गरेको छ । मुद्दामा प्रतिवादी बनाएका ३३ जनासँग आयोगले पुनः बयान लिएको छ । भेप र ६० किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुझेका तर, प्रतिवादी नबनाएका मध्ये २१ जनालाई आयोगले बयान लिएको छ । संघ संस्थाका १८ जना प्रतिनिधिसँग छलफल र अभियोजन गर्ने अधिकारीहरू र अनुसन्धानमा संलग्न ७ जना अधिकृतहरूसँग आयोगले सोधपुछ गरेको छ ।
जाँचबुझ सम्बन्धी सूचना आवश्यकताअनुसार प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराइने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले रातोपाटीलाई बताए । उनले भने– ‘सूचना सम्प्रेषणको आवश्यक देखिँदा आयोगले प्रेस विज्ञप्ति जारी गर्छ, अन्यथा हामी बोल्ने अवस्थामा छैनौँ ।’
आयोग स्रोतका अनुसार बयान, परामर्श र सोधपुछ पुरा गरेर आयोगले प्रतिवेदन लेखन सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट सुरक्षा ग्यारेन्टी पाइने अपेक्षाबारे यस्तो भन्छन् जेलेन्स्की
-
नेपालमा बीवाईडी हाई–टेक विक सुरु
-
नेपाली कागज बनाउँदै कामदार, तस्बिरहरु
-
कांग्रेस सवा २ करोड नोक्सानमा, घाटाको ब्यालेन्स सिटमा ‘भेट्रान’ व्यवसायीको सिग्नेचर
-
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्री राणाको आग्रह
-
राजेन्द्र महतोको प्रश्न: मेरो पीएसओलाई किन फिर्ता बोलाइयो ?