सुत्केरी भत्ता कुम्ल्याउन महिलाद्वारा १७ पटक गर्भधारणको नाटक

रोम । इटलीमा एक जना महिलामाथि कम्तीमा पनि १७ पटक गर्भधारणको झुटो नाटक गरेको आरोप लागेको छ । गएको २४ वर्षमा झन्डै १ करोड ५७ लाख ७६ हजार नेपाली रुपैयाँ (१ लाख १० हजार युरो) बराबरको सुत्केरी भत्ता लिन महिलाले ती गर्भधारणको नाटक गरेको खुलासा भएको छ ।
गएको २४ वर्षमा बारबरा लाएल नाम गरेकी ५० वर्षीय महिला १७ पटक गर्भवती भएको समाचारमा जनाइएको छ । यसबापत उनले वर्षौँसम्म सुत्केरी बिदा लिइन् भने सरकारले दिने सुत्केरी भत्ता बापत पनि ठुलो रकम लिइन् । ती महिलाले बुझाएको कागजपत्रका अनुसार १२ पटकसम्म गर्भ तुहियो, अन्य पाँच पटकमा भने उनले ५ वटा सन्तानलाई जन्म दिइन् । तर न त ती बच्चाको कतै जन्म दर्ता भएको छ न त कसैले तिनीहरूलाई देखेकै छन् ।
कान्छो सन्तानलाई बारबराले गएको वर्ष डिसेम्बरमा जन्म दिएको बताइयो । तर पछिल्लो गर्भधारणयता उनी अधिकारीहरूको निगरानीमा थिइन् । उनी गर्भवती नै नभएको प्रमाण अधिकारीहरूले फेला पारेका छन् । बारबराले १ लाख १० हजार युरो कुम्ल्याउन र कामबाट बिदा लिन गर्भवती भएको नाटक गरेको अधिकारीहरूको आरोप छ ।
आफ्नो झुटलाई सत्य साबित गर्न महिलाले रोमका क्लिनिकहरुबाट जन्मदर्ताको प्रमाणपत्र चोरेकी थिइन् भने नक्कली कागजपत्र बनाएकी थिइन । डाक्टरको हस्ताक्षर पनि उनी आफैँले गरेकी थिइन् । पेट भुक्क देखाउन पेटमा तकिया हालेर हिँड्थिन् । गर्भवती देखाउन गर्भवती महिला जस्तै गरी हिँड्थिन् । बारबराले सन् २००० देखि नै यस्तो गर्न थालेकी थिइन् ।
१६ पटकसम्म त उनलाई भाग्यले साथ दियो । तर गत वर्ष उनको झुट समातियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
-
आज मगर एकता दिवस, कुन-कुन पालिकाले दिए सार्वजनिक बिदा ?
-
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
-
हमासले गाजामा रेडक्रसलाई सुम्पियो चार इजरायली बन्धकको शव
-
पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?
-
कर्णालीमा योजना छनोटमा हुने बेथिति रोक्ने कानुन स्वीकृत, ५० लाखभन्दा कमका योजना प्रदेशबाट नबन्ने