चलचित्रकर्मी र पत्रकार बिचको दुरी बढ्दो क्रममा : भुवन केसी

हेटौँडा । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रकर्मी र पत्रकार बिचको दुरी बढ्दो क्रममा रहेको बताएका छन् । उनले विगतमा चलचित्र क्षेत्रको विकासमा कलाकर्मी र पत्रकार एकजुट भएर काम गर्ने गरेको भएपनि हाल उक्त परिस्थिती विपरित भइरहेको बताए ।
आइतबारबाट हेटौंडामा सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले चलचित्र ऐन नबन्दा चलचित्र क्षेत्रको विकासका काम गर्न समस्या भइरहेको बताएका छन् । चलचित्र ऐन निर्माणका लागि बोर्डले काम गरिरेहको बताए । नेपाली चलचित्र क्षेत्र वर्तमान अवस्थामा आइपुग्नुमा पत्रकारहरुको अहम भूमिका रहेको उनले बताए ।
‘चलचित्र ऐन पारित नहुँदा चलचित्र क्षेत्रको विकासका काममा समस्या भएको छ । चलचित्र क्षेत्रको विकासका लागि ऐन निर्माणका लागि बोर्डले काम गरिरहेको छ’ उनले भने, ‘हाल ऐन निर्माणका लागि अन्तिम ड्राफ्ट गर्ने काम भइरहेको छ । चलचित्र विकास बोर्डलाई स्वायत्त राख्ने गरी ऐन तयार गरिएको छ । विगतमा थोरै पत्रकारहरु चलचित्र क्षेत्रमा बोल्ने र लेख्ने काम गर्थे । अहिले थुप्रै पत्रकारहरु चलचित्रलाई विश्वव्यापी बनाउने काममा जुट्ने गरेका छन् ।’
विदेशी चलचित्रको अतिक्रमणबाट बचाउने र नेपाली चलचित्रलाई प्रोत्साहन गर्नेतर्फ पत्रकारहरुले भूमिका खेल्नुपर्ने उनले बताए । मानिसहरुमा भएका कमी कमजोरीलाई सकारात्मक आलोचनासहित सुधार गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष केसीका अनुसार नेपालमा चलचित्र निर्माणका लागि स्टुडियो नहुँदा समस्या भइरहेको छ । सिनेमा क्षेत्रलाई विश्व वक्स अफिसमा पुर्याउन पर्ने उनको भनाई छ । चलचित्र नै नरहे चलचित्रकर्मी, पत्रकार नरहेने भन्दै अध्यक्ष केसीले चलचित्र क्षेत्रको विकासका लागि काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय