मधेश प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित
आइतबार, ०६ फागुन २०८०, १५ : ०९

वीरगन्ज । मधेश प्रदेशसभा बैठक दश मिनेटका लागि स्थगित गरिएको छ । सदन सुरु हुने बितिकै जनतम पार्टीले बैठकअवरुद्ध गरेपछि सभामुखले १० मिनेटका लागि सदन स्थगित गरिएको सूचना दिएका छन् ।
जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंहले मुख्यमन्त्रीकै उपस्थितिमा ९ माघमा कृषि विश्वविद्यालयको शिलान्यासमा क्याबिनेट मन्त्रीमाथि हमला भएको टिप्पणी गरेका थिए ।
सदन सुरु हुनुभन्दा पहिला त्यसको जवाफ चाहिएको भन्दै जनमत पार्टीले सदन चल्न नदिएपछि प्रदेश सभामुख रामचन्द्र मण्डलले सदन स्थगनबारे जानकारी गराएका थिए ।
सप्तरीमा भएको घटनाप्रति मुख्यमन्त्रीले क्षमायाचना माग्नुपर्ने जनमत पार्टीले सदनमा माग गरेको छ ।
आज मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक सुरु भएको थियो । सदन सुरु भएको एक मिनेटमै जनतमको अवरुद्धपछि बैठक स्थगन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर