साँखुको शालीनदी र बज्रयोगिनीमा राष्ट्रपति पौडेलको डेढ घण्टा (फोटोफिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले साँखुको ऐतिहासिक धार्मिक स्थल शाली नदी र बज्रयोगिनी मन्दिरमा दर्शन गरेका छन् । आइतबार बिहान ९ बजे साँखु पुगेका पौडेलले शाली नदीमा श्री स्वस्थानी र माधवनारायणको मन्दिरमा पूजा गरेका छन् । यस्तै साँखु बजारबाट झन्डै डेढ किलोमिटर माथि रहेको बज्रयोगिनी मन्दिरमा गएर पनि पूजा गरेका छन् ।
पौडेललाई काठमाडौँ क्षेत्र नम्बर २ का सांसदहरू प्रतिमा गौतम, सोविता गौतम, प्रदेशसभा सदस्य सुना परियार, शंखरापुर नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल लगायतले स्वागत गरेका छन् ।
राष्ट्रपति पौडेललाई शंखरापुर नगरप्रमुख रमेश नापितले शाली नदी, बज्रयोगिनी मन्दिरको धार्मिक, ऐतिहासिक महत्वका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराए । साथै भूकम्पपछि क्षति भएको बज्रयोगिनी मन्दिरको पुनर्निर्माणमा भएको ढिलाइबारे पनि जानकारी गराए ।
राष्ट्रपति पौडेलले साँखुको, बज्रयोगिनी मन्दिरको धार्मिक, ऐतिहासिक महत्त्व, सो क्षेत्रमा रहेका धार्मिक क्षेत्रहरूको बारेमा आफू परिचित रहेको बताएको सांसद प्रतिमा गौतमले रातोपाटीलाई जानकारी दिइन ।
राष्ट्रपति पौडेललाई शाली नदीमा मेयर नापितले सम्मान गरे भने बज्रयोगिनी मन्दिरमा वडाध्यक्ष पोते थिङले सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले साँखुका धार्मिक क्षेत्रमा झन्डै डेढ घण्टा बिताएका छन् । साँखु शाली नदी मेलामा जाने पौडेल पहिलो राष्ट्रप्रमुख हुन ।
फोटो स्रोत : सांसद प्रतिमा गौतम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?