छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका-९ शंकरपुरमा हाल नम्बर नखुलेको बसले से.३ प ९३ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा चालक सोही नगरपालिका-८ बडैपुर बस्ने ३९ वर्षीय गोपी नेपालीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी दाङको घोराही उपमहानगरपालिका-१८ कालीका टोलमा रा.७ प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रुकुम पूर्व भुमे गाउँपालिका-१ बस्ने २७ वर्षीय आदर्श पुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागी भैरहवातर्फ रिफर गरिएको छ ।
उता तनहुँको आबुखैरेनी गाउँपालिका-२ नारीघाटस्थित सडकमा बा.१६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार चितवन ईच्छाकामना गाउँपालिका-६ बस्ने २२ वर्षीय सागर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार ६ जनाको पुरानो मेडिकल भरतपुर चितवनमा उपचार भइरहेको छ भने १ जना डिस्चार्ज भएका छन् । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता काठमाडौँको कीर्तिपुर नगरपालिका-६ स्थित सडकमा बा.प्र.०२-०३० प ३८५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १५ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ भाजंगल घर भएका २४ वर्षीय सबुन महर्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै सिरहाको नरहा गाउँपालिका-५ बलुवा चोकस्थित सडकमा स.९ प ४६३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका-२ कौवाहा बस्ने २८ वर्षीय राम दयाल यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’